कांग्रेसको जिल्ला समितिसँग समन्वय गरी तरुणको वडा र पालिका अधिवेशन गर्ने निर्देशन

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले तरुण दलको वडा र पालिका तहको अधिवेशनको मिति तय गरी केन्द्रलाई जानकारी गराउन निर्देशन दिएका छन् ।
बुधबार अध्यक्ष गुरुङले तरुण दलको जिल्ला कार्यसमितिहरूलाई परिपत्र गर्दै वडा र पालिका तहको अधिवेशन गर्न जिम्मेवारी दिइएको बताए ।
परिपत्रमा भनिएको छ, ‘दलका जिल्ला अध्यक्षहरूलाई जिल्लाका वडा र पालिका तहको अविधेशनको मिति तय गरी केन्द्रलाई जानकारी गराई सो तहको अधिवेशन गर्न जिम्मेवारी दिइएको छ ।’
‘जिल्लामा वितरण गरिएका दलका पूर्ण सदस्यताको नामावली सदस्यता शुल्क सहित स्वीकृतिका लागि केन्द्रीय कार्यालयमा पाउनु होला’, अध्यक्ष गुरुङले भनेका छन् ।
‘नेपाली कांग्रेस पार्टीको जिल्ला समितिसँग समन्वय गरी अधिवेशनका कार्यक्रमहरू गर्नु होला’, परिपत्रमा भनिएको छ, ‘वडा र पालिका तहको अधिवेशन सम्पन्न भइसकेपछि जिल्ला अधिवेशन प्रतिनिधिहरूको नामावली अनुमोदनका लागि केन्द्रीय कार्यालयमा पठाउनु होला ।’
परिपत्रमा तरुण अध्यक्ष गुरुङले भने, ‘वडा र पालिका अधिवेशन सम्पन्न भइसकेका जिल्लाहरूले प्रदेशसभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनका लागि मिति प्रस्ताव गरी दलको केन्द्रबाट अनुमति लिनु होला ।’

बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया