कांग्रेस उपसभापति खड्का ५ दिनपछि अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पाइल्को शल्यक्रिया गरि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
ललितपुरको मेडिसिटी अस्पतालमा ५ दिनको उपचारपछि खड्का आइतबार डिस्चार्ज भएका हुन् । उनी चैत्र १२ गते अस्पताल भर्ना भएका थिए ।
उनले भनेका छन्, ‘धेरै पुरानो बल्झिरहेको पाइल्सको अप्रेसन गरेर ५ दिनको मेडिसिटी अस्पतालको लगभग भिजिटिर मुक्त एकान्त बसाइपछि आज घर फर्केको छु । यो नौलो अनुभव रह्यो ।’
उपसभापति खड्काले भनेका छन्, ‘चिकित्सकको सल्लाहा बमोजिम थप केहि दिन घरमा पूर्ण आराम गरेर बस्नुपर्ने भएकोले भेटघाटमा कठिनाइ हुनेछ । यो असहजताका लागि क्षमा दिनु होला ।’
उपसभापति खड्को पाइल्सको शल्यक्रिया डा.सत्यदीप भट्टाचार्य र उनको टिमले गरेको थियो ।
Published : Sunday, 2025 March 30, 7:20 pm
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया