दुर्गा प्रसाईं ३ दिनदेखि निर्मल निवासभित्र लुकेर बसेको आशंका

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका मतियार तीनकुने हिंसाका नाइके विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं निर्मल निवासमा लुकेर बसेको चर्चा हुन लागेको छ ।

ज्ञानेन्द्रको निर्देशनमा शुक्रबार भएको प्रदर्शनलाई हिंसात्मक बनाएर फरार भएका प्रसाईं प्रहरीको गिरफ्तारीबाट बच्न निर्मल निवासमा लुकेर बसेको चर्चा छ । प्रसाईंको टेलिफोनको अन्तिम लोकेशन गैरीगाउँ देखाएको थियो । त्यसपछि उनको लोकेशन पत्ता लाग्न सकेको छैन ।

प्रसाईं निकटका केही व्यक्तिहरूले निर्मल निवासमा लुकेर बसेको हुन सक्ने अनुमान पनि गरेका छन् । प्रसाईंका लागि निर्मल निवास सबैभन्दा सुरक्षित स्थान रहेको छ । माहोल आफ्नो पक्षमा नहुँदासम्म प्रसाईं निर्मल निवासमा नै लुकेर बस्ने स्रोतले जनाएको छ ।

प्रसाईं भारततिर भाग्न सक्ने अनुमान पनि प्रहरीको छ । सबै नाकाहरूमा प्रहरीले उच्च निगरानी बनाइ राखेको छ । निर्मल निवासका साथै प्रसाईं लुकेर बस्न सक्ने सम्भावित स्थानहरूमा पनि प्रहरीले निगरानी गरेको छ ।

शुक्रबार तीनकुने क्षेत्रमा हिंसा गराएर फरार भएका प्रसाईं आइतबारसम्म पक्राउ पर्न सकेका छैनन् । प्रसाईंले के गरिरहेका छन् ? कसैलाई जानकारी छैन । प्रसाईं राप्रपाका केही नेताहरूसँग सम्पर्कमा रहेको स्रोतको दाबी छ ।

प्रसाईंले तीनकुनेमा आफैले गाडी हुइँकार प्रहरीको ज्यान लिने प्रयास गरेका थिए । गाडीमा आफूसँग प्रकाशचन्द्र दाहाल नाम गरेका युट्युबरलाई राखेका थिए । उनले नै गाडीभित्रबाट प्रसाईंको उत्तेजक अभिव्यक्ति र गाडी चलाएको लाइभ गरेका थिए ।

Published : Sunday, 2025 March 30, 11:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया