तरुण दलका ५० जिल्लाले सदस्यताको फारम बुझे, बाँकीलाई छिटो लैजान निर्देशन

काठमाडौं । नेपाल तरण दलका ५० जिल्ला कार्यसमितिहरूले पूर्णकालीन सदस्यताको फारम लगेका छन् ।

तरुण दल केन्द्रीय कार्यलयका मुख्यसचिव ठानप्रसाद पोखरेलका अनुसार सोमबारसम्म ५० जिल्लाले पूर्णकालीन सदस्यता फारम लगेका छन् ।

तरुण दलका २७ जिल्लाका कार्यसमितिले फारम लैजान बाँकी छ । मुख्यसचिव पोखरेलले २÷३ दिनभित्र पूर्णकालीन फारम लैजान आग्रह गरेका छन् ।

पूर्णकालिन फारम लगेका जिल्लामध्ये काठमाडौं, भक्तपुर, सिन्धुपाल्चोक, लम्जुङ, धादिङ, सुनसरी, पर्वत, डोटी, चितवन, दाङ, सिन्धुली, जुम्ला, पाँचथर लगायतका जिल्ला कार्यसमितिहरूको बैठक बसेर पूर्णकालीन सदस्यताको फारम वितरण भएको छ ।

नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले सबै जिल्लाहरूलाई परिपत्र गर्दै फारम भरेर रुजु गर्नका लागि फागुन २९ गतेभित्र केन्द्रमा पठाउन निर्देशन दिएका छन् ।

अध्यक्ष गुरुङले पूर्णकालीन सदस्यताको फारम लैजान बाँकी जिल्लाहरूलाई छिटो फारम लैजान र सदस्यता वितरण गर्न आग्रह गरेका छन् ।

पूर्णकालीन सदस्यता वितरणका क्रममा सम्बन्धित जिल्लाबाट केन्द्रीय सदस्य रहेकाहरूसँग समन्वय गरि पूर्णकालीन सदस्यता फारम वितरण गर्न परिपत्र भइसकेको छ ।

अध्यक्ष गुरुङले फागुन २९ गतेभित्र सबै जिल्लाको पूर्णकालीन फारम केन्द्रमा आइपुग्यो भने केही दिनभित्रै केन्द्रीय समितिको बैठक बसेर २०८१ को चैत महिनाभित्र पार्टीले दिएकै समयसीमाभित्रै महाधिवेशन सम्पन्न गर्न सकिनेछ ।

Published : Monday, 2025 February 24, 1:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया