‘पूर्व डन’ मिलन चक्रेले कुम्भमा स्नान गरेर पापहरू कटाए

काठमाडौं । गुण्डा नाइके भनेर चिनिएका पूर्व डन मिलन चक्रेले भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा स्नान गरेर पापहरू धोएका छन् ।
केही दिन अगाडि प्रयागराजस्थित गंगा, यमुना र सरस्वतीको संगमस्थलमा कुम्भ स्नान गरेर पापहरू कटाएका हुन् । निकै धार्मिक अनुष्ठाकासाथ मिलन चक्रेले पूजा गरी स्नान गरेको तस्बिरमा देखिएको छ ।
आफूलाई एमालेका नेता बताउने मिलन चक्रेका अपराधको लामो सूची प्रहरीमा छ । पटक पटक प्रहरीले पक्राउ गरेर मिलन चक्रेलाई विगतमा थुनामा राखेको छ ।
दीपक मनाङेसँग मिलन चक्रेको ठूलो दुश्मनी रहँदै आएको छ । दीपक मनाङेको समूहले मिलन चक्रेको हात छिनाइदिएको थियो । सोही घटनामा दीपक मनाङे डिल्लीबजार कारागारमा छन् ।
मिलन चक्रे बाहिर घुमफिर गर्दै आएका छन् । कुम्भ लगायत शक्तिपीठहरूमा पुगेर मिलन चक्रेले आफ्नो पाप पखाल्ने प्रयास गरिरहेका छन् ।
मिलन चक्रेले आफ्नो साम्राज्य बाँके जिल्लातिर सारेका छन् । दुई वर्ष अगाडि मिलन चक्रेको सुरक्षा दिनेभन्दै उनका समर्थक टोले गुण्डाहरूले हतियार प्रदर्शन गरेका थिए ।
मिलन चक्रे निकै भाग्यमानि गुण्डा नाइकेमा पर्छन । उनका समकक्षीहरू कोही जेलभित्र छन् । कसैलाई प्रहरीले इन्काउन्टर गरिदिएको छ । मिलन चक्रे अहिलेसम्म बच्न सफल भएका छन् ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया