लुम्बिनी कांग्रेसका सभापति पुनलाई कोइराला समूहको ढोका बन्द, महामन्त्री थापासंग नजिक

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनले नेता शेखर कोइरालाको साथ छाडेको संकेत गरेका छन् ।

शेखरको समूहबाट सभापति जितेका पुन गुटको बैठकमा जान छाडेका छन् । शेखर समूहले बोलाउन छाडेपछि सभापति पुनलाई बाटो बन्द भएको एक नेताले बताएका छन् ।

कोइरालाको घरको ढोका बन्द भएपछि लुम्बिनी कांग्रेसका सभापति पुन महामन्त्री गगनकुमार थापा निकट हुन खोजेका छन् । महामन्त्री थापाले पनि सभापति पुनलाई ठाउँ दिएको एक नेताले बताएका छन् ।

त्यसपछि सभापति पुन महामन्त्री थापासँग निकट हुन पुगेका थिए । पाल्पा, सल्यान, रोल्पा, प्यूठान लगायतका जिल्लामा महामन्त्री थापाका लागि पुनले कार्यक्रमहरू राखेका छन् । महमन्त्री थापासँग निरन्तर ती कार्यक्रमहरूमा सभापति पुन आफै खटिएका छन् ।

सभापति पुनले नेता कोइरालालाई राजनीतिको ट्युशन पढाउन खोजेपछि पुन–कोइरालाको दुरी बढेको थियो । सभापति पुनले नेता कोइरालासँग माग गरेको र भनेको कुराले कोइराला समूहभित्र खैलाबैला भएको थियो । त्यसपछि नेता कोइरालाले लुम्बिनी प्रदेश सरकार बन्ने बेला सभापति पुनलाई औकात देखाइदिएका थिए ।

सभापति पुनको आर्थिक, चारित्रिक लगायतका विषयमा धेरैतिरबाट टिकाटिप्पणी हुन थालेपछि शेखर समूहले आफ्नो ढोका बन्द गरिदिएको थियो ।

Published : Saturday, 2025 February 22, 6:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया