लयमा फर्किए कांग्रेस नेता सिटौला, आफू निकटका नेताहरूसँग परामर्श

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफू निकटका नेताहरूसँग आन्तरिक परामर्श गरेका छन् ।
शनिबार काठमाडौंको चण्डोलस्थित निवासमा सिटौलाले बागमती, कोशी र गण्डकी प्रदेशका नेताहरूसँग छलफल गरेको बुझिएको छ । राष्ट्रिय सभामा नेपाली कांग्रेसका नेता सिटौलासँग नेताहरूले पछिल्लो राजनीतिक विकास क्रम र घटनाहरूका विषयमा जिज्ञासा राखेको एक नेताले बताएका छन् ।
नेता सिटौलासँगको आन्तरिक छलफलमा कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका बागतमी प्रदेशका आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्ले, बागलुङ कांग्रेसका सभापति एवम् गण्डकी प्रदेश सभाका सांसद जीतबहादुर शेरचन, कोशी प्रदेशका मन्त्री भूपेन्द्र राई, पूर्वमन्त्री भीमसेनदास प्रधान, बागमती कांग्रेसका महामन्त्री राजु श्रेष्ठ, तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनलगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया