सभापति देउवाद्वारा प्रयागराज महाकुम्भ स्नानको कार्यक्रम स्थगित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रयागराज महाकुम्भ स्नानको कार्यक्रम स्थगित भएको छ ।
सभापति देउवा बिहीबार भारत प्रस्थान गर्ने कार्यक्रम थियो । स्वास्थ्यका कारण सभापति देउवाले महाकुम्भ स्नानको कार्यक्रम स्थगित गरेका हुन् ।
महाकुम्भका क्रममा उत्तर प्रदेश सरकारको आयोजनामा प्रयागराजमा ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेइनबेलिटी’मा सभापति देउवालाई आमन्त्रण गरिएको थियो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले भारत भ्रमण स्थगित गरेको बताएका छन् । पौडेलले सभापति देउवाको भ्रमण स्थगित हुनुको कारण खुलाएका छैनन् ।
Published : Thursday, 2025 February 20, 4:51 pm
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया