कांग्रेस अन्य राजनीतिक दलहरूभन्दा समावेशी पार्टी : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस पार्टी समावेशी रहेको बताएका छन् ।

बुधबार वीपीनगर, ललितपुरमा कांग्रेस केन्द्रीय कार्यालयमा आयाेजित प्रजातान्त्रिक सेनानी संघको कार्यक्रममा देउवाले आफू नेतृत्वको पार्टी पनि पूर्ण समावेशी भएको बताए । उनले पार्टीमात्रै नभइ देश नै समावेशी रहेको बताए ।

‘हाम्रोमा आदिवासी जनजाती, मधेशी, थारु सबैको आरक्षण छ हाम्रो संविधानमा । हाम्रो पार्टी पनि त्यसै आधारमा बसेको छ´, सभापति देउवाले भने, `हाम्रो पार्टी पूरा समावेशी छ । हाम्रो संविधान पूरा समावेशी छ । हाम्रो देश नै पूरा समावेशी छ ।’

कांग्रेस आरक्षणको विषयमा अन्य राजनीतिक पार्टीभन्दा अगाडि रहेको बताएका छन् । उनले ३३ प्रतिशत महिलाको आरक्षण संसारका कमै देशमा भएको बताए ।

‘आज समावेशी लोकतन्त्र प्राप्त भएको छ । यो सम्पूर्ण नेपाली दाजुभाईहरूलाई समावेश गराउने खालको समावेशी राजनीति लागू भएको छ,’ सभापति देउवाले भने, ‘हाम्रो देश नेपाल सबैभन्दा अगाडि छ । ३३ प्रतिशत महिलाको आरक्षण संसारको धेरै कम देशमा होला ।

Published : Wednesday, 2025 February 19, 4:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया