फागुन ७ ले आर्थिक, शैक्षिकसहितको क्षेत्रमा आमूल परिवर्तन गरायो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
बुधबार शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले भने, ‘आज फाल्गुण ७ गते– नेपाली जन–संघर्षको इतिहासको एक अवस्मरणीय दिन ।’
‘नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा म समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, उनले भने ।
‘वि.सं. २००७ को कात्र्तिक २६ देखि प्रारम्भ गरिएको ऐतिहासिक जन–क्रान्तिले यसै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको थियो’, देउवाले भने ।
उनले भने, ‘फाल्गुण ७ को यो ऐतिहासिक दिनले देशमा केवल प्रजातन्त्र मात्र स्थापित गरेन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, धार्मिक आदि हरेक क्षेत्रमा यसले आमूल रूपमा अग्रगामी परिवर्तन ल्यायो ।’
‘यसले जात–जाति, धर्म, लिङ्ग वा वर्गको आधारमा हुने भेदभाव हटाएर शोषण रहित समाज निर्माणमा मुलुकलाई अग्रसर गरायो’, सभापति देउवाले भने ।
‘यसै दिनदेखि नेपाल मध्ययुगीन सामन्ती अवस्थाबाट बाहिर आएर नयाँ युगमा प्रवेश ग¥यो र नेपालले प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि निर्माण ग¥यो’, देउवाले भने ।
‘त्यसैले नेपालमा प्रजातन्त्र र राष्ट्रियता एक अर्काका परिपूरक भएर रहेका छन्’, सभापति देउवाले भने ।
उनले भने, ‘राष्ट्रिय स्वाधीनता र नागरिक अधिकारका लागि पटक–पटक भएका क्रान्ति, संघर्ष र आन्दोलनहरूमा अनेकौं सपुतहरूले लोकतन्त्रको वेदीमा आफूलाई उत्सर्ग गरेका छन् ।’
‘नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै नेपाललाई आर्थिक रूपले समृद्ध मुलुकमा रूपान्तरण गर्न सक्यौं भने मात्र लोकतान्त्रिक आन्दोलनमा बलिदानी दिनु हुने शहीदहरूप्रति सच्चा सम्मान प्रकट गरेको ठहर्छ भन्ने मैले ठानेको छु’, उनले भने ।
‘यो ऐतिहासिक दिनमा म ती सम्पूर्ण शहीदहरूको त्याग र वलिदानको संस्मरण गर्दछु र उहाँहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दछु’, सभापति देउवाले भने ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया