परराष्ट्रमन्त्री डा.राणाको निरन्तर चासोपछि प्रकृति लम्साल मृत्यु प्रकरणमा ६ जना पक्राउ

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले भारतको ओडिसा, भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)को होस्टेलमा प्रकृति लम्सालको मृत्यु भएको घटनामा जोडदार रुपमा कुटनीतिक चासो राखेपछि दोषी ६ जनालाई स्थानीय प्रहरीले पक्राउ गरेको छ ।
फेब्रुअरी १६ तारिखको साँझ प्रकृति लम्सालको शव होस्टेलमा भेटिएको थियो । त्यसपछि नेपाली विद्यार्थीमाथि विश्वविद्यालयका कर्मचारी र सुरक्षा गार्डले अपमानित शब्द बोल्दै दुर्व्यवहार गरेका थिए । प्रकृति लम्साल बीटेक तेस्रो वर्षमा अध्ययनरत थिइन् ।
दैनिक भास्करका अनुसार मंगलबार विश्वविद्यालयका एकजना भारतीय विद्यार्थी, तीन निर्देशक र दुई सुरक्षा गार्डलाई पक्राउ गरिएको छ । ओडिसा सरकारले गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास विभागका प्रमुख सचिव र उच्च शिक्षा विभागका आयुक्त–सह–सचिव सम्मिलित उच्चस्तरीय तथ्य खोजी समिति गठन गरेको छ ।
प्रकृति लम्सालले आत्महत्या गरेको कलेज प्रशासनले दाबी गर्दै घटनालाई थामथुम पार्न खोजेको थियो । प्रकृति लम्लाससँगैको ब्याचका एक भारतीय विद्यार्थीले दुर्व्यवहार गरिरहेको आरोप लगाएका छन् ।
प्रकृति लम्सालको मृत्यु प्रकरणपछि नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारका विषयमा परराष्ट्रमन्त्री डा.राणाले कुटनीतिक पहल गरेर घटनाको अनुसन्धान र दोषीमाथि कारबाहीका लागि आग्रह गरेकी थिइन् । कलेज प्रशासनले घटनाप्रति माफी मागेको छ । भारत सरकारले पनि प्रकृति लम्सालको मृत्यु प्रकरण र त्यसपछिको घटनालाई गम्भीर रुपमा लिएको छ ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया