केआईआईटी घटनामा परराष्ट्रमन्त्रीको गम्भीर कुटनीतिक चासोपछि विश्वविद्यालयले माफी माग्यो, २ जनालाई कारबाही

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले भारतको ओडिसामा नेपाली विद्यार्थीमाथि भएको घटनालाई लिएर कुटनीतिक रुपमा सम्वाद गरिरहेका बेला कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) छात्रावासका दुई सुरक्षा कर्मचारी बर्खास्त भएका छन् ।
विटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्यु भएपछि विरोध गर्ने नेपाली विद्यार्थीलाई रातारात निकाल्ने र दर्व्यवहार भएको थियो ।
नेपाली विद्यार्थीलाई दुर्व्यवहार गर्ने दुई सुरक्षा अधिकारीलाई कारबाही गरिएको केआईआईटीका रजिष्टारले जनाएका छन् । दुई सिनियर होस्टल अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई अनुसन्धानको लागि निलम्बन गरिएको छ ।
प्रकृति लम्सालको शंकास्पद मृत्युलाई विश्वविद्यालयले आत्महत्या भनेर घटनालाई लुकाउन खोजेको छ । विद्यालय प्रशासनको भनाइप्रति विद्यार्थी आक्रोशित बनेका छन् ।
विद्यार्थीले घटनाको छानबिनको माग गर्दै प्रदर्शन गरेका छन् । नेपाली विद्यार्थीलाई विश्वविद्यालयबाट निकालिएको थियो ।
विश्वविद्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘केआईआईटी अधिकारीहरू र सम्पूर्ण कर्मचारीहरू १६ फेब्रुअरीमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछन् ।’
‘दुई सुरक्षा कर्मचारीलाई तुरुन्तै बर्खास्त गरिएको छ । दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानको लागि निलम्बन गरिएको छ’, विश्वविद्यालयले विज्ञप्तिमा भनेको छ ।
‘कर्मचारीहरूले विद्यार्थीलाई सकेसम्म चाँडो क्याम्पसमा फर्कन सक्रिय रूपमा मनाइरहेका छन्’, विज्ञप्तिमा भनिएको छ ।
सो विश्वविद्यालयमा करिब १२ सयको हाराहारीमा नेपाली विद्यार्थी अध्ययनरत रहेको अनुमान छ ।
विश्वविद्यालयले विज्ञप्ति जारी गरेर कर्मचारीले विद्यार्थीमाथि गरेको व्यवहारप्रति क्षमा मागेको छ । ‘हाम्रा कर्मचारीहरूले गरेको केही टिप्पणीहरूप्रति क्षमा चाहन्छौं’, विश्वविद्यालयले भनेको छ, ‘हामी हाम्रा विद्यार्थीको सुरक्षा र कल्याणलाई सबैभन्दामाथि प्राथमिकता दिन्छौं ।’
भारतस्थित नेपाली राजदूतावासले नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालिएको सूचना प्राप्त हुनासाथ रजिस्ट्रार लगायतका प्रतिनिधिसँग छलफल गरेको जानकारी दिएको थियो ।
शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीको कक्षा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउनसमेत अनुरोध गरिएको दूतावासले जनाएको छ ।
परराष्ट्रमन्त्री डा.राणाले समेत केआईआईटीमा भएको घटनाका विषयमा आवश्यक कुटनीतिक पहल भइरहेको बताएकी छिन् । विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारका सन्दर्भमा आफू सोमबार बिहानदेखि नै सम्पर्कमा रहेर आवश्यक कूटनीतिक पहल थालेको उनले जानकारी दिइन् ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया