ओडिसामा प्रकृतिको मृत्यु प्रकरणका सन्दर्भमा कुटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री डा.राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा भएको घटनाका विषयमा आवश्यक कुटनीतिक पहल भइरहेको बताएकी छिन् ।
सोमबार बिहान विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारका सन्दर्भमा आफू सम्पर्कमा रहेर आवश्यक कुटनीतिक पहल बताएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले घटनाका सम्बन्धमा समाचार सामाजिक सञ्जाल तथा मिडियामा आएपछि यस विषयलाई गम्भीर रुपमा लिएर बिहानदेखि आफूले कुटनीतिक पहल गरेको बताइन् ।
परराष्ट्रमन्त्री डा.राणाले घटनाका सन्दर्भमा भारतका लागि नेपाली राजदूत डा.शंकर शर्मालाई घटनाको वास्तविकता बुझेर नेपाली विद्यार्थीलाई परेको समस्याका बारेमा आवश्यक तत्परता लिइ काम गर्न निर्देशन दिएको बताइन् ।
राजदूत डा.शर्माले काम गरिरहेको र केहीबेर अघि नेपाली राजदूताबास नयाँ दिल्लीले विज्ञप्ति पनि प्रकाशन गरिसकेको डा.राणाले बताएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग नेपाली विद्यार्थीको सुरक्षाको वातावरणका लागि फोनमा कुरा गरेको बताएकी छिन् । भारतीय राजदूत श्रीवास्तवले पनि नेपाली विद्यार्थीको सुरक्षाका लागि आवश्यक पहल र समन्वय गरिरहेको बताएका छन् ।
घटनाका विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक तत्परताका साथ काम गरिरहेको र पछिल्लो अवस्थाका बारेमा जानकारी गराउने पनि परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया