भाइरल हुने चक्करमा शक्तिशाली रवि, दुर्गा, सुनिलहरू थन्किए, अब कस्को पालो ?

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सांसद सुनिल शर्मा लगायतका ‘भाइरल म्यान’हरूको अन्त्य शुरु भइसकेको छ ।

सामाजिक सञ्जाल र मिडियामा जथाभावी अभिव्यक्ति दिएर एकाएक उच्च पदमा पुगेका उनीहरू रातारात भाइरल बने । उनीहरू जसरी चर्चाको शिखरमा पुगे त्यसैगरी शून्यमा झरेका छन् ।

दुर्गा प्रसाईं पनि निकै भाइरल बने । प्रसाईंको आवाज आजकाल मधुर बनेको छ । मेडिकल माफियाको आरोप खेप्दै आएका प्रसाईंले बैंकको ऋण, मेडिकल कलेजको अनुमति लगायतबाट फाइदा पाए । प्रसाईंलाई अन्तिममा भारतको अण्डरवर्ल्डका नाइके विश्नोई लरेन्सको नामबाट नेपालमा अबैध असुली र धम्कीको गतिविधि गरेको आरोप लाग्यो । साईबर अपराधमा आरोप लाग्यो । ती अभियोगहरूमा पटक पटक थुनिएर प्रसाईं बाहिर आएका छन् । प्रसाईं अहिले थन्किएका छ । बेलाबेला अहिले पनि बोल्ने गरे पनि पहिलाको जस्तो अभिव्यक्ति दिन छाडेका छन् ।

रास्वपाका सभापति पनि सामाजिक सञ्जालबाटै भाइरल बने सांसद पदमा भारी मतले जिते । उपप्रधान र गृहमन्त्री बने । आफ्नो स्वार्थ र सत्ताका लागि जे पनि गर्ने हर्कतका कारण सहकारी काण्डमा थन्किएर बसेका छन् । लामिछानेलाई पाँच वटा जिल्लामा मुद्दा खेप्दाखेप्दै हैरानी भएको छ । लामिछानेका दिन पनि क्रमशः डाउन हुन थालेका छन् । लामिछाने चुइक्क पनि बोल्न सकेका छैनन् ।

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पनि नक्कली शैक्षिक प्रमाणपत्र काण्डमा पक्राउ परेर छुटेका हुन् । शर्माले राजनीतिक पहुँचका आधारमा नक्कली शैक्षिक प्रमाणपत्रबाट मुक्ति पाए पनि हिम्मत भएको अर्को सरकार आयो भने शर्माका पनि दिन प्रहरीको हिरासतमा बित्ने पक्का छ । सांसद शर्माले राज्यलाई मेडिकलको व्यवसायमा तिर्नुपर्ने राजश्वको खोजी भयो भने फस्ने पक्का छ ।

सामाजिक सञ्जालबाट भाइरल हुने र केही समय चर्चित हुनेहरूले आफूलाई तत्कालका लागि सर्वेसर्बा ठान्छन् । तर, राज्यसँग कहिल्यै पनि झगडा गर्नु हुँदैन । संविधान र कानूनले दिएको अधिकार प्रयोग गर्न पाइन्छ । तर, कथित अभियन्ता र विभिन्न जातजातिको नाममा भाइरल बनेर व्यक्तिगत दुश्मनीमा उत्रिने हो भने यस्तै भाइरल म्यान बनिने सम्भावना हुन्छ ।

शर्मिला वाईबा, ज्वाला संग्रौला, आशिका तामाङहरू पनि भाइरल हुने चक्करमा थन्किएका छन् । बेलाबेला उनीहरू सडकमा देखिए पनि थन्किएका छन् ।

आजकाल फेरि माइतीघर मण्डलामा विभिन्न नौटंकी गर्ने समूहहरू देखिन थालेका छन् । विभिन्न फण्डा गरेर सामाजिक सञ्जाल युट्युबलाई बोकेर भाइरल बन्ने इच्छा ती मानिसहरूलाई जागेको छ । भाइरल हुनुभन्दा अगाडि आफ्नो विगतको अपराध र आफूसँग जोडिएका मानिसहरूको पृष्ठभूमि हेर्नुपर्छ । राजनीतिक रुपमा आउने र आफ्नो व्यक्तिगत इच्छाअनुसार भाइरल बन्नेबीच जमीन आसमानको फरक हुन्छ ।

संवैधानिक रुपमा आफ्ना अधिकार माग गर्नुपर्छ । तर, राज्यको निकायमा बसेको व्यक्तिसँग रिसिबी साँधेर व्यक्तिगत रुपमा हमला गर्ने हो भने अन्त्य अवश्य हुनेछ । समय पर्खनुपर्छ ।

माइतीघर मण्डलातिर दिनभरि युट्युव र सामाजिक सञ्जालमा अन्तर्वार्ता दिएर भाइरल हुने । समाप्त भएका रवि लामिछानेहरू उक्साहटमा सरकारका मन्त्रीहरूलाई गालीगलौज गर्ने ती भाइरल म्यानहरूको पनि अन्त्य अवश्य हुनेछ ।

Published : Monday, 2025 February 17, 12:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया