साउथ फिल्ममा जस्तो सांसद खानद्वारा हतियारसहित शक्ति प्रदर्शन

काठमाडौं । प्रतिनिधि सभाका सांसद समेत रहेका सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खानले हतियार प्रदर्शन गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका खानसँग जनमत पार्टीका रौतहट जिल्ला इञ्चार्ज शेष जमसेद पनि साथमा छन् । उनीहरूले हतियार समर्थकहरूलाई दायाँ र बायाँ राखेर दुई वटा बन्दुक प्रदर्शन गरेका छन् ।

उनीहरूले रौतहटको गौरमा हतियार प्रदर्शन गरेका हुन् । जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष खान र रौतहट जिल्ला इञ्चार्ज जमसेदले हतियार प्रदर्शन गरेपछि विराेध भएकाे छ ।

खान गौर नगरपालिकाको सबगढास्थित जमसेदको घरमा शनिबार भेटघाट गर्न पुगेका थिए । भेटका क्रममा उनीहरूले दुई जना व्यक्तिलाई बन्दुक भिर्न लगाएर आफूहरू कुर्सीमा बसेका थिए ।

पूर्वमन्त्री समेत रहेका खानको हतियार प्रदर्शनवाला तस्बिर सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ ।

साउथ र हिन्दी फिल्ममा जस्तै गरेर सांसद खानले हतियार प्रदर्शन गरेका छन् । यसअघि काठमाडौं अपराध अनुसन्धान कार्यालय, टेकुले जन्मदिनमा केक काट्ने क्रममा तरवारले काटेर आतंक मच्चाएको भनेर पक्राउ गरेर कारबाही गरेको छ । सांसद खानलाई प्रहरीले उन्मुक्ति दिन्छ वा पक्राउ गरेर कारबाही गर्छ हेर्न बाँकी छ ।

Published : Sunday, 2025 February 16, 8:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया