बेलुन फुट्दा अर्थमन्त्री पौडेल र पोखराका मेयर जलेर घाइते, हेलिकप्टरबाट उद्धार
काठमाडौं । बेलुन फुट्दा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन् ।
शनिबार पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा झिरझिरेले बेलुन फुट्दा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएको अर्थमन्त्रीका प्रेसविज्ञ भुवन केसीले बताए ।
रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो । बेलुन पड्किएपछि महानगरप्रमुख आचार्यको गालामा आगोको झिल्काले छोएको थियो । उनको गालाको छाला डढेको छ भने कपाल पनि डढेको छ ।
उपप्रधान तथा अर्थमन्त्री पौडेलको कोटमा आगोको छिर्का लागेको थियो । तुलनात्मक रुपमा पौडेललाई कम असर परेको छ ।
अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर आचार्यलाई उपचारार्थ काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको छ ।
पौडेल र आचार्यलाई सिम्रिक एयरको हेलिकप्टरबाट शनिबार अपराह्न अस्पताल ल्याइएको अर्थमन्त्रीका प्रेसविज्ञ केसीले बताए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया