सभापति देउवाद्वारा मेलमिलाप विभागमा सदस्यहरू मनोनयन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।
मंगलबार कांग्रेसद्वारा जारी विज्ञप्तिअनुसार सभापति देउवाले विभागमा सदस्यहरू मनोनयन गरेका हुन् । विभागका प्रमुख कृष्णकिशोर घिमिरेको सिफारिसमा सदस्यहरू मनोनयन गरिएको छ ।
विभागको सदस्यहरू मनोनयन हुनेहरूमा गणेश चन्द, सल्यान, मधुसुदन पाण्डेय (काठमाडौं), हेमलाल पुन (गुल्मी), धर्मराज न्यौपाने (अछाम), सिर्जना सिंह श्रेष्ठ (काठमाडौं) रहेका छन् ।
रेखा प्रसाई (सुनसरी), जुमराती नदाफ (धनुषा), लक्ष्मी परियार (तनहुँ), रेणु चौधरी (कैलाली) र अनिता अर्याल (चितवन) विभागकाे सदस्यमा मनाेनयन गरिएको कांग्रेसले जनाएको छ ।
Published : Tuesday, 2024 December 3, 3:23 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया