बच्चा जन्माउनुभन्दा एक साताअघि पनि यौनकर्मीको रूपमा काम गरें

काठमाडौं । बेल्जियमकी यौनकर्मी सोफीले आफू नौ महिनाको गर्भवती हुँदा काम गर्नुपरेको भन्दै बच्चा जन्माउनुभन्दा एक साताअघि पनि यौनकर्मीको रूपमा काम गरिरहेको बताएकी छिन् ।

सोफीका लागि आफ्ना पाँच सन्तान हुर्काउँदै यौनकर्मीको रूपमा काम गर्न निकै गाह्रो बीबीसीले जनाएको छ । सोफी जो आफ्नो पहिचान खुलाउन चाहँदिनन् । पाँचौँ सन्तान जन्मँदा सिजेरियन गर्दा उनलाई ६ हप्ता पूर्ण आराम गर्न सल्लाह दिइएको थियो ।

सोफीले आफूसँग कुनै विकल्प नभएको र तुरुन्तै आफ्नो काममा फर्किनु परेको बताइन् । उनले भनिन्, ‘मलाई पैसा चाहिएकोले काम छोड्न सकिन । सुत्केरी बिदा लिने मौका पाएको भए जीवन सहज हुने थियो ।’

अब बेल्जियमले नयाँ कानून ल्याएको छ । यौनकर्मीले पनि प्रसूति बिदा लिन सक्नेछन् । यो उनीहरूको रोजगार सम्झौताको अंश हुनेछ ।

यति मात्र नभई यौनकर्मीले स्वास्थ्य बीमा, पेन्सन, बिरामी बिदा अर्थात् उनीहरूको कामलाई अन्य काम सरह मानिने अन्य सुविधा पनि पाउनेछन् । यो विश्वमा पहिलो पटक हुन गइरहेको छ ।

विश्वभर करिब ५ करोड २० लाख यौनकर्मी छन् । बेल्जियमले सन् २०२२ मा नै यो पेशालाई अपराधमुक्त गरेको थियो । यौनकर्मीहरूलाई रोजगारीको अधिकार र करार दिने कुरा विश्वमा यसअघि कुनै पनि देशले गरेको थिएन् ।

यौनकर्मी मेलले बताइन् कि जब एक व्यक्तिले उनलाई कन्डम बिना मुखमैथुन गर्न बाध्य पारे, उनी डराएकी थिइन् । वेश्यालयमा यौन संक्रमण फैलिरहेको बेला उनले यो गर्नुपर्‍यो, उनीसँग हो भन्नुको विकल्प थिएन ।

उनी भन्छिन्, ‘मसँग दुईवटा मात्र विकल्प थिए । कि त मसँग एसटीई हुन्छ वा पैसा कमाएर बाँच्नुपर्थ्यो ।’ पैसा चाहिने भएकाले मेल २३ वर्षको उमेरमा यौनकर्मी बनिन् । यो पेशामा आबद्ध भएको केही दिनमै उनले सोचेभन्दा धेरै पैसा कमाउन थालिन् । उनीहरूले सोचेका थिए कि उनीहरूले सबै पाएका छन् । एसटीआईले उनीहरूका सबै आशाहरू चकनाचूर पारिदिए ।

Published : Saturday, 2024 November 30, 4:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया