महामन्त्री थापा वडाध्यक्षका उम्मेदवारलाई मत माग्न घरदैलोमा सहभागी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको उपनिर्वाचनमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारको पक्षमा मत माग्न घरदैलो कार्यक्रममा सहभागी भएका छन् ।
काठमाडौं महानगरपालिका वडा नं. १६ को वडाध्यक्ष पदमा उम्मेदवार बनेका देवेन्द्र पाठकको पक्षमा मत माग्न महामन्त्री थापा सोमबार घरदैलो कार्यक्रममा सहभागी भएका हुन् ।
थापाले वडाध्यक्षमा उम्मेदवार बनेका पाठक आफ्नै टोलको चिनेको नेता भएको हुँदा चुनाव चिन्ह ‘रुख’मा मतदान गरेर विजयी बनाउन आग्रह गरे ।
वडाध्यक्षमा विजयी भएपछि पाठकले वडावासीको सेवा गर्ने महामन्त्री थापाले बताए । वडाध्यक्षका उम्मेदवार पाठकले पनि आफूलाई मतदान गरेर विजयी बनाउन मतदाताहरूसँग अपील गरेका छन् ।
घरदैलो कार्यक्रममा नुवाकोट कांग्रेसका पूर्वसभापति जगदीश्वर नरसिंह केसी लगायतका नेताहरूको उपस्थिति रहेको थियो । कांग्रेसले वडा नं. १६ को वडाध्यक्षमा पाठकलाई विजयी बनाउन काठमाडौं कांग्रेसले जोडबल लगाएर प्रचार प्रसार गरिरहेको छ ।


बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया