इरानमा नग्न युवतीको भिडियो सार्वजनिक
लण्डन । इरानमा एकजना युवती नग्न अवस्थामा घुमेको घटना सार्वजनिक भएको छ ।
शनिबार इरानको राजधानी तेहरानमा आजाद विश्वविद्यालय अफ साइन्स एन्ड रिसर्चमा युवती नग्न अवस्थामा हिँडेकी हुन् । उनले यौन उत्पीडनको विरोध गर्दै कपडा फुकालेको रोटर्यसले जनाएको छ ।
केही समयपछि इरानी प्रहरीले युवतीलाई हिरासतमा लिएको थियो । युवतीलाई हिरासतमा राखेर कुटपिट पनि गरिएको छ । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा युवती विश्वविद्यालय वरिपरि घुमिरहेको देख्न सकिन्छ ।
विश्वविद्यालयका प्रवक्ता अमिर महजोबले एक्समा पोस्ट गर्दै विद्यार्थीको अवस्था मानसिक रूपमा राम्रो नभएको बताएका छन् ।
इरानमा महिलाको पहिरनमा कडा ड्रेस कोड लागू गरिएको छ । सार्वजनिक स्थानमा महिलाले हिजाब लगाउन अनिवार्य गरिएको छ ।
यस्तो अवस्थामा युवतीको कदमलाई इरानको सत्ताविरुद्ध आवाज उठाइएको रूपमा हेरिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया