रुसको जासुस ह्वेल मृतावस्थामा फेला
लण्डन । नर्वेको तटनजिक समुद्रमा रुसी जासुस ह्वेल मृतावस्थामा फेला परेको छ ।
रुसी सेनाले ह्वेललाई तालिम दिएको आशंका गरिएको छ । ह्वेललाई रुसद्वारा जासुसी गर्न प्रयोग भएको आशङ्का छ । ह्वेलको ह्वाल्दिमिर राखिएको थियो । ह्वेल दक्षिण पश्चिमी नगर रिसाभिका नजिकै समुद्रमा भेटिएको थियो ।
ह्वेललाई परीक्षणका लागि नजिकैको बन्दरगाहमा लगिएको छ । यो ह्वेल नर्वेको समुद्रमा ५ वर्षअघि पहिलोपटक देखा परेको थियो ।
ह्वेलको टाउकोमुनि एउटा पट्टी बाँधिएको थियो । त्यसमा ‘गोप्रो’ क्यामरा जडान गरिएको छ । पट्टीमा ‘सेन्ट पिटर्सवर्गको उपकरण’ लेखिएको थियो । त्यसपछि ह्वेललाई जासुस हुन सक्ने चर्चा भएको थियो ।
ह्वेल मृत्युको कारण थाहा भएको छैन । त्यसको शरीरमा देखिने खालको कुनै चोटपटक पनि देखिँदैन । ह्वाल्दिमिरको उमेर १५ वर्ष भएको अनुमान गरिएको छ । ह्वेल ६० वर्षसम्म बाँच्न सक्छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया