अन्तरिक्षमा रहेका यात्रु लिन ड्रयागन क्याप्सुल उड्यो

न्यूयोर्क । अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विल्मोरलाई फिर्ता ल्याउन अन्तरिक्षयान प्रस्थान गरेको छ ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस)मा फसेका दुई अन्तरिक्षयात्रीलाई पृथ्वीमा फर्काउने प्रयासस्वरूप स्पेसएक्स मिसनको ड्रयागन क्याप्सुल आइएसएससँग जोडिएको छ ।
फाल्कन–९ रकेटले फ्लोरिडाको केप क्यानवेरलबाट शनिबार अपराह्न उडेको छ ।
ड्रयागन क्याप्सुलले आइतबार साँझ आइएसएससँग सम्पर्क गरेको छ । क्याप्सुल आइएसएससँग जोडिएपछि नासाका अन्तरिक्षयात्री निक हेग र रुसी अन्तरिक्षयात्री अलेक्जेन्डर गोर्बुनोभले सहकर्मीलाई अँगालो हालेका छन् ।
हेग र गोर्बुनोभ फेब्रुअरीमा अन्तरिक्ष स्टेसनबाट फर्किंदा उनीहरूले अन्तरिक्षविद् विलियम्स र बुच विल्मोरलाई पनि सँगै ल्याउनेछन् ।
बोइङले डिजाइन गरेको अन्तरिक्षयान (स्टारलाइनर)को समस्याका कारण आइएसएसमा उनीहरूको बसाइ महिनौँ लम्बिएको थियो । विल्मोर र विलियम्सलाई जुनमा आइएसएसमा पुर्याउँदा नयाँ विकसित स्टारलाइनरले चालक दलसहितको आफ्नो पहिलो उडान गरेको थियो ।
उनीहरू त्यहाँ केवल आठ दिनका लागि गएका थिए । स्टारलाइनरको प्रोपल्सन सिस्टममा समस्या देखा परेपछि उनीहरू अन्तरिक्षमा फसेका थिए ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया