सभापति देउवाद्वारा विभागको प्रमुखहरु मनोनयन, कसले कुन विभाग पाए ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ वटा विभागहरुको प्रमुखहरु मनोनयन गरेका छन् ।
सोमबार सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई केन्द्रीय विभागहरूको प्रमुखमा मनोनयन गरेका हुन् ।
सभापति देउवाले राज्य प्रशासन विभागको संयोजकमा गोविन्द भट्टराई, स्थानीय तह समन्वय विभागमा मधु आचार्य, अभिलेख, अनुगमन तथा मूल्याङ्कन विभागमा मानबहादुर विश्वकर्मा, संघीय मामिला समन्वय विभागमा चन्द्रबहादुर केसी, संसदीय मामिला विभागमा गोविन्दबहादुर शाहलाई प्रमुखमा मनोनयन गरिएको प्रमुख सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कानून विभागमा मानबहादुर नेपाली, विद्यार्थी विभागमा राजीव ढुंगाना, पेशागत तथा वुद्धिजीवी विभागमा डा.डिला संग्रौला, शिक्षा विभाग नैनसिंह महर, स्वास्थ्य विभागमा डा. चन्द्रमोहन यादव, निर्माण व्यवसाय समन्वय विभागमा मदनबहादुर अमात्यलाई प्रमुख बनाइएको छ ।
सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा शिवप्रसाद हुमागाइँ, कृषि तथा किसान विभागमा उमेश श्रेष्ठ, खेलकूद विभागमा उमेशजंग रायमाझी, प्राकृतिक स्रोत विभागमा तारामान गुरुङ, साहित्य, कला तथा संस्कृति विभागमा विद्यादेवी तिमिल्सिनालाई प्रमुख बनाइएको विज्ञप्तिमा उल्लेख छ ।
दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा लक्ष्मी परियार, द्वन्द व्यवस्थापन तथा मेलमिलाप विभागमा कृष्णकिशोर घिमिरे, मुस्लिम विभागमा मैकुलाल वाल्मिकी, वित्तीय संस्था समन्वय विभागमा कर्णबहादुर बुढा, विज्ञान तथा सूचना प्रविधि विभागमा सुशीला मिश्र भट्ट, भू.पू. सैनिक विभागमा महेन्द्रकुमारी लिम्बूलाई प्रमुखमा सभापति देउवाले मनोनयन गरेका छन् ।
आर्थिक नीति तथा योजना विभागमा प्रा.डा. गोविन्दराज पोखरेल, शुभेच्छुक संस्था समन्वय विभागमा अब्दुल सत्तार, श्रमिक तथा ट्रेड युनियन विभागमा हरिशरण नेपाली, भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोबास समन्वय विभागमा नृपबहादुर वड, मानव अधिकार विभाग मा धना खतिवडा प्रमुखमा मनोनयन भएका छन् ।
वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागमा कल्याणकुमार गुरुङ, ऊर्जा तथा जलस्रोत विभागमा अनिलकुमार रुंगटा, बालबालिका तथा किशोर–किशोरी समन्वय विभागमा डा. जीवन राना, नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय विभागमा लक्ष्मी खतिवडा, व्यवसायिक सिप विकास विभागमा गंगालक्ष्मी अवाल, विपन्न उत्थान समन्वय विभागमा डा. गोपाल दहित, सामाजिक संघ संस्था समन्वय विभागमा अर्जुनप्रसाद जोशीलाई प्रमुखमा मनोनयन गरिएको छ ।
पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभागमा अजयवावु शिवाकोटी, धर्म–संस्कृति समन्वय विभागमा ध्यानगोविन्द रञ्जित, पूर्व आप्रवासी समन्वय विभागमा दिनेश कोइराला प्रमुखमा मनोनयन भएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया