प्रधानमन्त्री ओली र सभापति देउवासहितका नेताहरूबीच परामर्श
काठमाडौं । प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरूबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएको सहमतिबारे परामर्श भएको छ ।
आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारमा ओली र देउवाबीच परामर्श भएको हो । द्वन्द्वकालीन विषयलाई टुङ्गो लगाउने विषयमा कार्यदलले बनाएको मस्यौदामा शीर्ष नेताहरूका बीच परामर्श भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
शीर्ष बैठकमा परराष्ट्रमन्त्री एवम् कांग्रेस नेतृ डा.आरजु राणा, गृहमन्त्री रमेश लेखक तथा एमालेबाट महासचिव शंकर पोखरेल, नेता विष्णु रिमाल, प्रमुख सचेतक महेश बर्तौला लगायतको उपस्थिति रहेको थियो ।
Published : Monday, 2024 August 5, 2:33 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया