सभापति देउवाले बोलाए बैठक, के विषयमा हुनेछ छलफल ?
काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको छ ।
सभापति शेरबहादुर देउवाले साउन २३ गते कार्यसमितिको बैठक बोलाएका छन् । बैठकमा कांग्रेसमा सरकारमा सहभागी भएको तथा गोदावरीमा सम्पन्न महासमिति बैठकले पारित गरेको प्रतिवेदनहरुका विषयमा छलफल हुनेछ ।
कांग्रेसले गोदावरी महासमिति बैठकको प्रतिवेदनहरुलाई अन्तिम रुप दिनेछ । प्रतिवेदनमा आएका सुझावहरुलाई पनि समेट्ने तयारी छ ।
सरकारमा एमालेसँग मिलेर गएको तथा सरकारका कामकारबाही लगायतका विषयमा पनि छलफल हुनेछ ।
केन्द्रीय सदस्य रामहरि खतिवडाले भने, ‘कांग्रेस र एमाले सरकारमा छन् । सरकारले राम्रो काम गर्न लागेको छ । सरकारलाई सफल बनाउने विषयमा छलफल हुनेछ ।’
खतिवडाले भने, ‘गोदावरीमा सम्पन्न महासमितिको बैठकले पास गरेका प्रतिवेदनमा आएका सुझावहरुलाई समेट्ने विषयमा पनि छलफल हुन सक्नेछ ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया