लुम्बिनीका डीआइजी र ट्राफिकका एसपीविरुद्ध नक्सालमा गुनासो
बुटवल । लुम्बिनी प्रदेश प्रहरी प्रमुख (डीआइजी) कुबेर कडायत र लुम्बिनी प्रदेश ट्राफिक प्रहरी प्रमुख (एसपी) श्यामबहादुर खत्रीविरुद्ध प्रहरी हेडक्वाटर, नक्सासम्म गुनासो पुगेको छ ।
डीआइजी कडायत र एसपी खत्रीले मातहतमार्फत अवैध असुली धन्दा चलाएको भन्दै नक्सालमा गुनासो पुगेको उच्च स्रोतले जनाएको छ । आइजीपी बसन्तबहादुर कुँवरले लुम्बिनीका डीआइजी र एसपी खत्रीबारे आएका गुनासा तथा उजुरीबारे सुक्ष्म ढङ्गले हेरिरहेको स्रोतको भनाइ छ । आइजीपी कुँवरसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।
कपिलवस्तु, रुपन्देही, नवलपरासी, दाङ र बाँकेका प्रहरीमार्फत राम्रो असुली धन्दा चलाएको भन्दै उनीहरूविरुद्ध पीडित व्यवसायीहरूले गुनासो नक्सालसम्म पुर्याएका हुन् ।
केही समयपछि अवकासमा जाने तयारीमा रहेका डीआइजी कडायतले मातहतमार्फत राम्रै असुली चलाएको आरोप छ । आरोप लगाउनेहरूले डीआइजी कडायतले केही क्रसर उद्योगहरूमा लगानी पनि गरेका छन् । विगतमा प्रहरी ईन्चार्ज भएर बसेका जिल्लाहरूमा डीआइजी कडायतको लगानी रहेको चर्चा बुटवलतिर छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका एसपीहरूसँग डीआइजी कडायत रिसाएका छन् । कडायत किन रिसाएका हुन् थाहा हुन सकेको छैन । ती एसपीहरूले आफ्नो जिल्लामा राम्रोसँग कार्यसम्पादन गरिरहेका छन् । तैपनि डीआइजी कडायत रिसाएर आगो बनेको चर्चा छ ।
उता, ट्राफिकका एसपी खत्रीले पनि राम्रो धन्दा चलाएको आरोप छ । ट्राफिक प्रहरीले लुम्बिनी प्रदेशभित्र कति दुःख दिएका छन् चालक र सवारी धनीलाई जसलाई सोध्दा पनि हुन्छ । आधा–आधा घण्टाको फरकमा चेकिङमा बसेर ट्राफिक प्रहरीले रू. ५० देखिमाथि संकलन गर्ने गरेको पीडित चालकहरूको गुनासो छ ।
डीआइजी कडायत र एसपी खत्रीलाई कहाँ काहा के भइरहेको छ ? सबै कुराको जानकारी छ । रोकथामतिर उनीहरू किन लाग्दैनन् ? प्रश्न उठ्ने गरेको छ । कृष्णनगरबाट भित्रिने भारतीय पर्यटकलाई डीआइजी कडायत र एसपी खत्रीको निर्देशनमा दुःख दिएर हैरान बनाइएको छ । भैरहवा सुनौली नाकाबाट भित्रिने भारतीय पर्यटकको हालत पनि उस्तै छ ।
एसपी खत्रीकी पत्नी काठमाडौंको एउटा नगरपालिकामा एमालेबाट उपमेयर छिन् । एसपी खत्रीले एमाले सरकारमा रहेका कारण आफू सुरक्षित रहेको भन्दै ट्राफिकहरूलाई रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र नवलपरासीका सडकहरूमा बाक्लै उभ्याएर चालकहरूलाई सास्ती दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया