प्रधानमन्त्री ओलीले माओवादीका सांसदहरू अनुशासनको पाठ पढाए, सत्ता गुमेको वर्षमानको पीडा
काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्री केपी ओलीले बोल्दै गर्दा नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनबीच भनाभन भएको छ ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा ओलीले बोल्ने क्रममा पूर्वअर्थमन्त्री समेत रहेका सांसद पुनले विषयसूचीभन्दा बाहिर गएर बोलेको भन्दै आपत्ति जनाएपछि ओली र पुनबीच भनाभन भएको हो ।
आइतबारको संसद् बैठकमा उद्योगहरूको ट्रंक विद्युत् लाइन काटिएकोबारे आफू बोलेको विषयमा माओवादीका सांसद लेखनाथ दाहालले लगाएको आरोपको खण्डन गरेका थिए । प्रधानमन्त्री ओली माओवादीका सांसदहरूलाई सदनको मर्यादा स्मरण गराइरहेका थिए ।
माओवादीका सांसद दाहालले आफूमाथि लगाएको आरोपको जवाफ दिने क्रममा प्रधानमन्त्री ओली आक्रोशित भएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘यो गरिमामया सदन सदन जस्तै होस । हामीले सदनको मर्यादा, गरिमा, यहाँ भएका छलफल, यहाँ उठाइएका विषय, उहाँ उठेका प्रश्न, यति हल्काफुल्का, झुठा, पूर्वाग्रहीपूर्ण हुनु हुँदैन कि सुन भनेर पित्तल चढायो भन्ने जस्ता हावादारी कुरा यस गरिमामय संसद्मा नबोलियोस् । नगरियोस् । यति हल्काफुल्का बनाउनु हुँदैन हामीले गरिमामय संसदलाई ।’
रोस्ट्रममा ओली बोलिरहेका बेला माओवादीका सांसद पुन बीचमै उठेर बोल्ने अनुमति मागेका थिए । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई केही समय रोकिन भन्छन् र पुनलाई बोल्न अनुमति दिन्छन् ।
सांसद पुनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू कुन सन्दर्भमा अहिले बोल्दै हुनुहुन्छ ? यो कहीँ न कहीँ सभामुखज्यूले रुलिङ गर्नुपर्छ होला । प्रश्नोत्तरमा हुनुहुन्छ ।’
सभामुखले ध्यानाकर्षण भएको बताएपछि पुनको आवाज सुनिँदैन तर, पुनलाई सभामुखले आशनमा बस्न आग्रह गरिरहन्छन् । पुनको मधुरो आवाज सुनिन्छ– यहाँ गाली गर्न आएको हो र ?
प्रधानमन्त्री ओलीले भने, ‘कसलाई गाली गरेको छ र ? गाली ग¥यो रे, गाली नगरौँ भन्दै छु म । उल्टै गाली । ओली यति बोल्दासम्म पनि वर्षमान पुन उभिएरै केही भनिरहेको देखिन्थ्यो भने नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला पनि आफ्नो आशनबाट उभिएर माओवादी सांसदलाई हेरिरहेका देखिन्छन् ।’
सभामुख घिमिरेले भने, ‘प्रधानमन्त्रीजीलाई विषय केन्द्रित भएर अगाडि बढ्न म निर्देश गर्दछु ।’
प्रधानमन्त्री ओलीले भने, ‘सभामुख महोदय, म विल्कुल विषय केन्द्रित छु । विल्कुल विषय केन्द्रित छु । संसदमा उठेका प्रश्नको लिखितको जवाफ दिनुपर्ने, त्योभन्दा अगाडि अलिखित नै बीचमा बाटैमा आइपुग्यो । त्यसकारण यसो नगरौँ भन्नेमात्रै मेरो आग्रह हो । यसो नगरौँ । मैले गाली गलौज कसैलाई गरेको छैन । मैले खाली सचेत गराएको हुँ । आवेश उत्तेजनामा आउनुपर्ने कुनै आवश्यकता छैन । धन्यवाद !’
माओवादीका सांसदहरूलाई सत्ता गुमाउनु परेको निकै ठूलो पीडा छ । ओलीले धोका दिएका कारण सत्ता गुमेको ठहर गरेको माओवादीले प्रधानमन्त्री ओलीलाई संसदमा घेराबन्दी गर्न खोजेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया