प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने कांग्रेसको निर्णय, तटस्थ नबस्न निर्देशन
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
आइतबार संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
कांग्रेसले निर्णयमा भनेको छ, ‘मिति २०८१ साल साउन ६ गते आइतबार अपरान्ह १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सम्माननीय प्रधानमन्त्री केपी ओलीले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम विश्वासको मतका लागि राख्नु हुने प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गर्दछ ।’
‘संविधानको धारा ७६ (२) बमोजिम नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको मन्त्रिमण्डललाई वधाई ज्ञापन गर्दै यो बैठक सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ’, कांग्रेसले निर्णय गरेको छ ।
यसैबीच, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले ह्वीप जारी गरेर प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन निर्देशन दिएका छन् । घिमिरेले कांग्रेसका सांसदहरूलाई तटस्थ नरहन निर्देशन दिएका छन् ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया