परराष्ट्र मन्त्रालयकाे सहयोगमा बङ्गलादेशबाट ८ सय नेपाली विद्यार्थी फर्किए, मन्त्री डा.राणाद्वारा सबै सहयोग गर्ने प्रतिवद्वता
काठमाडौं । परराष्ट्र मन्त्रालयले बंगलादेशबाट करिब ८०० जना नेपाली विद्यार्थी स्वदेश फर्किएकाे जनाएको छ ।
शनिबार राति परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत बंगलादेशबाट हवाइमार्ग र स्थल हुँदै नेपाल आएको जनाएको छ ।
‘हालसम्म झण्डै ८०० नेपाली विद्यार्थीले हवाई वा स्थलमार्ग हुँदै बंगलादेश छाडेका छन्’, मन्त्रालयले भनेको छ, ’ढाकास्थित नेपाली दूतावासले अधिकांश विद्यार्थीहरूसँग बंगलादेशका विभिन्न स्थानहरूबाट ढाका विमानस्थल वा सम्बन्धित सीमा नाकाहरूमा सुरक्षित यात्राको लागि समन्वय गरेको छ।’
दूतावासले बंगलादेशका विश्वविद्यालयहरू, सम्बन्धित निकायहरू र कानून प्रवर्तन एजेन्सीहरूसँग समन्वय गर्दै आएको पनि मन्त्रालयले जनाएको छ । नेपाल सरकार सबै नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री डा.आरजु राणाले बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरूकाे चाहना बमोजिम सबै सहयोग गर्न मन्त्रालयलाई निर्देशन दिएकी छिन् ।


बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया