बकिङ्गम दरबारनजिकै घोडाहरू फरार
लण्डन । बेलायतको बकिङ्गम दरबारनजिकै ५ वटा घोडाहरू भागेपछि केही भौतिक क्षति भएको छ ।
मध्यलन्डनमा एप्रिल २४ बुधवार बिहान सेनाका घोडाहरू भागेको बीबीसीले जनाएको छ । दुई घण्टापछि घोटाहरूलाई नियन्त्रणमा लिइएको छ ।
घोडाहरूको आक्रमणबाट चार जना घाइते भएका छन् । बकिङ्गम दरबारनजिकै निर्माणको काम भइरहेको ठाउँबाट आएको आवाजका कारण घोडाहरू बिच्किएर भागेका थिए ।
ती घोडा हाउसहोल्ड क्याभल्रीका हुन् । एकाइ सन् १६६० देखि ब्रिटिश राजा र रानीको सुरक्षामा खटिँदै आएको छ ।
बकिङ्गम दरबार क्षेत्रमा निकै उच्च सुरक्षा रहेको छ । घोडाहरू भागेर क्षति पु¥याएपछि बेलायतका सञ्चारमाध्यमले निकै महत्व दिएर समाचार लेखेका छन् ।
Published : Thursday, 2024 April 25, 1:02 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया