बकिङ्गम दरबारनजिकै घोडाहरू फरार

लण्डन । बेलायतको बकिङ्गम दरबारनजिकै ५ वटा घोडाहरू भागेपछि केही भौतिक क्षति भएको छ ।

मध्यलन्डनमा एप्रिल २४ बुधवार बिहान सेनाका घोडाहरू भागेको बीबीसीले जनाएको छ । दुई घण्टापछि घोटाहरूलाई नियन्त्रणमा लिइएको छ ।

घोडाहरूको आक्रमणबाट चार जना घाइते भएका छन् । बकिङ्गम दरबारनजिकै निर्माणको काम भइरहेको ठाउँबाट आएको आवाजका कारण घोडाहरू बिच्किएर भागेका थिए ।

ती घोडा हाउसहोल्ड क्याभल्रीका हुन् । एकाइ सन् १६६० देखि ब्रिटिश राजा र रानीको सुरक्षामा खटिँदै आएको छ ।

बकिङ्गम दरबार क्षेत्रमा निकै उच्च सुरक्षा रहेको छ । घोडाहरू भागेर क्षति पु¥याएपछि बेलायतका सञ्चारमाध्यमले निकै महत्व दिएर समाचार लेखेका छन् ।

Published : Thursday, 2024 April 25, 1:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया