पाकिस्तानको संसद परिसरबाट सांसदकै जुत्ता चोरी

कराँची । पाकिस्तानको संसद परिसरबाट सांसद र पत्रकारका जुत्ता चोरी भएका छन् ।

पाकिस्तानी मिडिया द एक्सप्रेस ट्रिब्युनको रिपोर्टअनुसार सांसद, पत्रकार र संसदका कर्मचारीका जुत्ता चोरी भएका हुन् ।

संसद परिसरमा रहेको मस्जिदमा नमाजका लागि गएका उनीहरूका जुत्ता चोरी भएका हुन् ।

चोरले २० जोडी जुत्ता चोरेर लगेको छ । जुत्ता चोरी भएपछि सांसदहरू नाङ्गै खुट्टा संसदमा गएका थिए ।

सभामुख सरदार अयाज सादिकले उक्त घटना छानबिनका लागि आदेश दिएका छन् ।

सीसीटीभीको माध्यमबाट आरोपीहरूको पहिचान गर्ने कोसिस भइरहेको बताइएको छ ।

रक्षामन्त्री ख्वाजा आसिफले जुत्ता चोरीको पछाडि भिखारी माफियाको हात रहेको आशंका गरेका छन् ।

पाकिस्तानमा महँगी बढेसँगै चोरीका घटनाहरू बढेका छन् । पाकिस्तानमा सुरक्षाको लापरबाहीका घटना यसअघि पनि सार्वजनिक हुँदै आएका छन् ।

Published : Monday, 2024 April 22, 4:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया