बर्थाले ६० वर्षपछि पतिमाथि रिसको झोँक निकालिन्

न्यूयोर्क । अमेरिकामा एक महिलाले ६० वर्षअघिकी प्रेमिकाबाट पोष्टकार्ड लिएको निहुँमा पतिको हत्या प्रयास गरेकी छिन् ।

फ्लोरिडाकी ७१ वर्षीया बर्था याल्टरले पतिको हत्या प्रयास गरेकी हुन् । बर्थामाथि हत्याको प्रयास गरेको अभियोगमा मुद्दा चलाइएको छ ।

रिसको झोँकमा वृद्धाले तकियाले मुख थुनेर आफ्नो वृद्ध पतिलाई मार्ने कोसिस गरेकी थिइन् । पतिको शरीरभरि चोटैचोट लागेको छ । दुवै पाखुरा र पेटभरि घाउ लागेको छ ।

दाँतले टोकेको ठाउँबाट रगत आइरहेको थियो । श्रीमानले पुरानी प्रेमिकाले पठाएको पोष्टकार्डको जवाफ पठाउन खोजेपछि बर्था रिसाएकी थिइन् ।

बर्थाको श्रीमानको शरीरभरि पत्नीले दिएको घाउचोट बिस्तारै निको भइरहेको छ । उनी पत्नीलाई जेलबाबट निकाल्ने प्रयासमा छन् । सुरुमा पत्नीले आफ्नो मुख तकियाले थिचेको पतिले बताएका छन् ।

६० वर्षअघि श्रीमानले डेट गरेको टर्कीकी एक महिलाबाट पोष्ट कार्ड लिएका थिए । सोही विषयमा बर्थाले बबाल मच्चाएकी हुन् । एजेन्सी

Published : Thursday, 2024 February 8, 7:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया