लुकाराद्वारा विश्वकै राम्रो रत्न फेला

लण्डन । हिरा अन्वेषण तथा खानीसम्बन्धी कम्पनी लुकारा डायमन्डले १६६ क्यारेटको रत्न फेला पारेको छ ।

बुधबार बोत्स्वानाको कारोब खानीबाट क्यानडामा मुख्यालय रहेको कम्पनीका अनुसार यो सन् २०२४ मा भएको पहिलो ठूलो खोज रहेको दाबी गरिएको छ ।

कम्पनीले सन् २०१२ मा खानी अन्वेषण सुरु गरेदेखि १०० क्यारेटभन्दा बढीको बहुमूल्य रत्नमध्येको यो ३२८औँ बहुमूल्य रत्न हो ।

लुकारा डायमन्ड बोत्सवानाको राजधानी गाबोरोनबाट करिब ५१२ किलोमिटर टाढा उत्तर–मध्य बोत्सवानामा रहेको कारोबे डायमन्ड माइनको एकल प्रभुत्वको कम्पनी मानिन्छ । एजेन्सी

Published : Friday, 2024 January 12, 7:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया