केल्सीको दुई वटा पाठेघर, दुई बच्चा जन्माइन्

न्यूयोर्क । अमेरिकामा दुर्लभ दुई वटा पाठेघर भएकी ३२ वर्षीया केल्सी हेचरले दुई दिनमा दुई वटा सन्तान जन्माएकी छिन् ।

दश लाखमा एक पटक हुने त्यस्तो खालको गर्भावस्था भनिएको यो घटनामा केल्सीले २० घण्टा प्रसव व्यथामा थिइन् ।

केल्सीले गत मङ्गलवार पहिलो र बुधवार दोस्रो छोरीलाई युनिभर्सिटी अफ अलाबामा बर्मिङ्घम अस्पतालमा जन्म दिएकी छिन् ।

आफूले अद्भुत सन्तानहरू जन्माएको उनले सामाजिक सञ्जालमा स्वास्थ्यकर्मीहरूको प्रशंसा गरेकी छिन् । अलग अलग जन्म मिति सहितका दुर्लभ जुम्ल्याहाका रूपमा ती बालिकाहरूलाई लिइएको छ ।

उनले आफ्नो परिवार अहिले घर पुगेको र बिदा मनाउन सक्ने बताएकी छिन् । उनले क्रिसमसको समयमा सन्तान जन्मिने ठानेकी थिइन् ।

१७ वर्षको उमेरमा उनको दुई वटा पाठेघर रहेको बताइएको थियो । त्यसलाई दुर्लभ जन्मजात समस्याका रूपमा यूनिभर्सिटी अफ अलाबामा बर्मिङ्घमले उल्लेख गरेको छ ।

संसारभरि ०.३ प्रतिशत महिलामा त्यस्तो समस्या देखा पर्नेगर्छ । दुई वटा पाठेघर रहेको अवस्थामा गर्भ रहने सम्भावना दश लाखमा एक रहने विश्वविद्यालयले जनाएको छ ।

यस्ता घटना विश्वका अन्य ठाउँमा पनि खासै भएका छैन । सन् २०१९ मा बाङ्ग्लादेशकी एकजना चिकित्सकले बीबीसीलाई आफ्नो अर्को पाठेघरमा रहेको बच्चालाई समय नपुग्दै जन्माएकी एक महिलाले त्यसको लगभग महिना दिनपछि जुम्ल्याहा जन्माएको बताएकी थिइन् ।

उनको विगतमा तीन पटक स्वस्थ्य गर्भ रहेको थियो । उनले एउटा मात्रै पाठेघरमा गर्भ रहेको ठानेकी थिइन् ।

नियमित अल्ट्रासाउन्ड परीक्षणमा दोस्रोमा पनि बच्चा रहेको देखिएको थियो । उनले आफूलाई सास फेर्नै गाह्रो भएको बताएकी छिन् ।

उनले आफ्नो अस्वाभाविक यात्रालाई इन्स्टाग्राममा कैद गरेकी छिन् । ३८ हप्ताको समयमा उनले राखेको एउटा पोस्टमा लेखिएको छ, ‘यो के भइरहेको छ ? हामीले कसरी यहाँसम्म यात्रा गर्‍यौं ?’

Published : Wednesday, 2023 December 27, 10:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया