जहाजभित्रै पति-पत्नीले काण्ड गरेपछि ठूलो जहाल दिल्लीमा अवतरण
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2023/11/Lufthansa-Air.jpg?resize=810%2C396&ssl=1)
नयाँदिल्ली । म्युनिखबाट बैङ्ककका लागि उडेको लुफ्थान्साको विमानलाई दिल्लीमा अवतरण गरिएको छ ।
बुधबार जहाजमा पति–पत्नीबीच विवाद भएको थियो । सोही विवादका कारण जहाजमा कोलाहलपूर्ण आचरणको रिपोर्ट आएपछि केबिन चालक दलले जहाजलाई दिल्ली डाइभर्ट गरेका हुन् ।
दिल्ली विमानस्थलको उड्डयन सुरक्षाले भनेको छ, ‘पति–पत्नीबीचको झगडाको कारण अहिलेसम्म थाहा भएको छैन । उनीहरूको झगडाका कारण विमानलाई डाइभर्ट गर्नुपर्यो ।’
विमानले सुरुमा पाकिस्तानको निकटवर्ती विमानस्थलमा अवतरण गर्ने अनुमति मागेको थियो । जहाजले अवतरणको अनुमति पाएको थिएन । त्यसपछि विमान सुरक्षितरूपमा दिल्ली विमानस्थलमा अवतरण गरिएको छ ।
विमानबाट अनियन्त्रित पुरुषलाई उतारेर विमानस्थलको सुरक्षालाई बुझाइएको छ । लुफ्थान्सा एयरले घटनाका बारेमा कुनै पनि प्रतिक्रिया दिएको छैन ।
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200&ssl=1)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200&ssl=1)
फेसबुकबाट तपाईको प्रतिक्रिया