जहाजभित्रै पति-पत्नीले काण्ड गरेपछि ठूलो जहाल दिल्लीमा अवतरण
नयाँदिल्ली । म्युनिखबाट बैङ्ककका लागि उडेको लुफ्थान्साको विमानलाई दिल्लीमा अवतरण गरिएको छ ।
बुधबार जहाजमा पति–पत्नीबीच विवाद भएको थियो । सोही विवादका कारण जहाजमा कोलाहलपूर्ण आचरणको रिपोर्ट आएपछि केबिन चालक दलले जहाजलाई दिल्ली डाइभर्ट गरेका हुन् ।
दिल्ली विमानस्थलको उड्डयन सुरक्षाले भनेको छ, ‘पति–पत्नीबीचको झगडाको कारण अहिलेसम्म थाहा भएको छैन । उनीहरूको झगडाका कारण विमानलाई डाइभर्ट गर्नुपर्यो ।’
विमानले सुरुमा पाकिस्तानको निकटवर्ती विमानस्थलमा अवतरण गर्ने अनुमति मागेको थियो । जहाजले अवतरणको अनुमति पाएको थिएन । त्यसपछि विमान सुरक्षितरूपमा दिल्ली विमानस्थलमा अवतरण गरिएको छ ।
विमानबाट अनियन्त्रित पुरुषलाई उतारेर विमानस्थलको सुरक्षालाई बुझाइएको छ । लुफ्थान्सा एयरले घटनाका बारेमा कुनै पनि प्रतिक्रिया दिएको छैन ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया