मुख सम्हाल्न नसक्दा ब्लू फिल्मकी अभिनेत्रीको जागिर फुत्कियो
न्युयोर्क । ब्लू फिल्मकी अभिनेत्री अर्थात पोर्नस्टार मिया खालिफाले प्यालेस्टाइनको समर्थन गरेकी छिन् ।
अभिनेत्री मियाले ईजराइलको विरोध गर्दै प्यालेस्टाइनको समर्थन गरेपछि जागिर गुमाउनु परेको छ ।
मियाले हमासको आक्रमणलगत्तै ट्वीटरमार्फत प्यालेस्टाइनको समर्थन गरेकी थिइन् । उनले ट्वीटरमा लेखेकी छिन्, ‘यदि तपाईं प्यालेस्टाइनको अवस्था हेर्न सक्नुहुन्छ र प्यालेस्टिनीको पक्षमा हुनुहुन्न भने तपाईं भेदभाव गर्दै हुनुहुन्छ र यसलाई समयले देखाउनेछ ।’
उलने भनेकी छिन्, ‘म विश्वास गर्न सक्दिन कि नक्कली गुच्ची शर्ट पछाडि जियोनिस्ट भेदभाव लुकाइएको छ ।’
रेड लाइट हल्याण्डका सीईओ टोड शापिरोले अमेरिका र युरोपमा च्याउ उत्पादन गर्ने र बेच्ने होम ग्रोथ किट गर्छ । शापिरोले खालिफालाई कम्पनीमा ल्याएका थिए । उनले कम्पनीको अनलाइन व्यापार बढाउन मद्दत गर्थिन् ।
रेड लाइट हल्याण्डका सीईओ टोड शापिरो अभिनेत्री खालिफालाई जागिरबाट निकालेको घोषणा गरेका छन् ।
खालिफाको ट्वीटपछि प्लेब्वायले उनीसँगको सम्झौता खारेज गर्दै उनको च्यानल पनि हटाएको छ ।
हमासले इजरायलमा हमला गरेपछि युद्धले नयाँ मोड लिएको छ । इजरायलले गाजा क्षेत्रमा जवाफी हमला गरिरहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया