वीर अस्पतालको तलाबाट हामफालेर पुरुषले ज्यान दिए

काठमाडौं । काठमाडौंको वीर अस्पतालबाट हाम फालेर सोमबार एक व्यक्तिले ज्यान दिएका छन् ।

अस्पतालका सूचना अधिकारी सागर मिश्रले सर्जिकल भवनको तलाबाट हाम फालेर अन्दाजी ४० वर्षीय पुरुष व्यक्तिले ज्यान दिएको बताएका छन् ।

सूचना अधिकारी मिश्रका अनुसार घटना सोमबार बिहान करिब २/३ बजेतिरको हो । हालम फालेका व्यक्तिको पहिचान खुलेको छैन ।

उनी बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । त्यसपछि उनी छैटौं तलामा गएर हाम फालेका थिए ।

अस्पताल प्रशासनका अनुसार उनका कोही बिरामी अस्पतालमा नभएको पाइएको छ । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।अस्पताल प्रशासनले बुझ्दा उनका कोही बिरामी अस्पतालमा नभएको पाइएको छ ।

Published : Monday, 2023 September 4, 2:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया