वीपी पार्कको संरक्षण र सरसफाइ हामी सबैको दायित्व हो : सभापति बानियाँ
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियँले वीपी पार्कको अवलोकन गर्दै पार्कको संरक्षण र सरसफाइ गर्ने दायित्व सबैको रहेको बताएका छन् ।
आइतबार बिहान सभापति बानियाँले ललितपुर महानगरपालिका वडा नं. २ सानेपामा रहेको वीपी पार्कको अवलोकन गरेका छन् । पार्कको संरक्षण र सरसफाइ सबैभन्दा महत्वपूर्ण विषय भएको सभापति बानियाँले उल्लेख गरेका छन् ।
बानियाँले पार्कलाई व्यवस्थित गर्दै सुन्दर, सफा, हरियाली पार्कको रुपमा विकास र संरक्षण साथै वीपी वाचनालयको रुपमा विकाश लागि आवश्य सहयोग गर्ने बचन दिएका छन् ।
वीपी पार्कका अध्यक्ष रविन्द्र थापा, नेपाली कांग्रेस बागमती प्रदेश सदस्य रमेश बखती, नेपाली कांग्रेस ललितपुर महानगरपालिका वडा नं. २ का सभापति रजत खनाल, पवन विष्ट लगायतको सहभागिता रहेको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया