सभापति खतिवडाद्वारा उप–प्रधानमन्त्री खड्कालाई अस्पतालमा भेट
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपाली कांग्रेसका उप–सभापति समेत रहेका उप–प्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।
बिहीबार छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र अस्पतालमा उपचार गराइरहेका उप–प्रधानमन्त्री खड्कासँग भेट गरेर सभापति खतिवडाले स्वास्थ्य अवस्थाका बारेमा चिकित्सकहरूसँग जानकारी लिएका हुन् । सभापति खतिवडाले उप–प्रधान तथा रक्षामन्त्री खड्कालाई शीघ्रस्वास्थ्य लाभको कामना गरेका छन् ।
उप–प्रधानमन्त्री खड्काको बुधबार प्रोटेस्ट (बीपीएच)को सफल शल्यक्रिया भएको थियो । स्वास्थ्य उपचार गराइरहेका खड्कालाई बिहीबार भेटेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया