उप-प्रधानमन्त्री खड्का सेनाको अस्पतालमा भर्ना, बीपीएचको शल्यक्रिया
काठमाडौं । नेपाली कांग्रेसका उप-सभापति समेत रहेका उप-प्रधान तथा रक्षामन्त्री पूणर्बहादुर खड्काको शल्यक्रिया भएको छ ।
बुधबार काठमाडौंको छाउनीस्थित वीरेन्द्र अस्पतालमा रक्षामन्त्री खड्काको प्रोटेस्ट (बीपीएच)को शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
रक्षामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको सेनाले जनाएको छ । खड्काको शल्यक्रिया प्रा.डा.भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सकको टोलीले गरेको छ ।
यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्पतालमा पुगेर उप-प्रधान तथा रक्षामन्त्री खड्कालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

Published : Thursday, 2023 August 31, 6:57 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया