विद्यार्थीको दवावपछि इन्जिनियरिङ अध्ययन संस्थानले बढाएको शुल्क फिर्ता

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले बढाएको शुल्क फिर्ता लिएको छ ।

बुधबार आन्दोलनरत विद्यार्थी संगठनहरू र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूबीच पाँच बुँदे सहमति भएपछि शुल्क फिर्ता भएको छ ।

आन्दोलनरत विद्यार्थी संगठनले जारी राखेको आन्दोलन पनि स्थगित भएको सहमतिमा उल्लेख छ । नयाँ सहमतिसँगै हाल स्थगित भएको प्रवेश परीक्षा लगायतका कार्यक्रम सुचारु हुने भएको छ ।

नौ दिनदेखि विद्यार्थी संगठनले बढेको शुल्क फिर्ता लगायतका माग राख्दै आन्दोलन गरेका थिए ।

Published : Wednesday, 2023 August 30, 11:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया