पूर्वआईजीपी खनाल ६० किलो सुन तस्करी काण्डमा पक्राउ पर्ने डरले भागेकै हुन् ?
काठमाडौं । नेपाल प्रहरीका पूर्वआईजीपी तथा एमालेमा नेता सर्वेन्द्र खनालले आफ्नाविरुद्ध आएका समाचारहरूको खण्डन गरेका छन् ।
सोमबार साँझ खनालले प्रेस नोट जारी गरेर कपोलकल्पित, भ्रमपूर्ण, झुट्टा र बेइमानी पूर्ण समाचारको सार्वजनिक भएको भन्दै खण्डन गरेका हुन् ।
उनले भने, ‘कथित काठमाडौंटुँडे नाम गरेको एउटा अनलाइनले हाल म व्यक्तिगत र पारिवारिक कामको सिलसिलामा केही दिनका लागि अमेरिका भ्रमणमा रहेका बेला मेरो चरित्र हत्या गर्दै ६० केजी सुन तस्करी प्रकरण, पक्राउ पर्नै लाग्दा भागेर अमेरिका पुगे एमाले नेता खनाल शीर्षकमा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यान आकर्षण भएको छ ।’
उनले भने, ‘समाचार कपोलकल्पित, भ्रमपूर्ण, झुट्टा र बेइमानी पूर्ण भएकोले त्यसको खण्डन गर्दै उक्त अनलाइनविरुद्ध कानूनी कारबाहीका लागि अगाडि बढेको म मेरा सबै शुभचिन्तक, पार्टी पङ्तीमा जानकारी गराउन चाहन्छु ।’
‘भोलिसम्ममा यहीबाटै प्रेस काउन्सिल नेपालमा पनि उजुरी दिने र आवश्यकता अनुसार उक्त अनलाइनलाई कानूनी दायरामा ल्याउन नेपाल फर्कना साथ अघि बढ्ने पनि जानकारी गराउन चाहन्छु ।’
‘मेरो जीवनकालमा, मैले प्रहरी सेवामा प्रवेश गरे देखी प्रहरी महा निरीक्षक बनेर काम गर्दा सम्म कहिल्यै पनि नियम कानून संविधानको बर्खिलाप हुने गरी कुनै काम गर्दा पनि गरिन र गर्न पनि दिइन’, पूर्वआईजीपी खनाले चेतावनी दिएका छन् ।
‘त्यसै कारण गैर कानूनी काम गर्ने, ठगी धन्दा चलाउनेहरू मेराविरुद्ध लागि नै रहे’, खनालले भने, ‘मैले कुनै गैर कानूनी काम गरेको पनि छैन र यदि कहीँ कतै बाट त्यस्तो प्रमाणित हुन्छ भने म देशको प्रचलित नियम कानुन संविधान अनुसार कारबाही भोग्न तयार रहेको बताउँदै काठमाडौंटुडे जस्ता कथित अनलाइनलाई जथाभाबी नलेख्न, चरित्र हत्या नगर्न चेतावनी दिँदै उक्त समाचारको खण्डन प्रकाशित गर्न अनुरोध गर्दछु ।’
उनले भने, ‘यदि तुरुन्त खण्डन प्रकाशित नभए प्रेस काउन्सिलसहित सम्बन्धित निकायमा कानूनी कारबाहीका लागि जाने कुरा यसै सार्वजनिक पोस्ट र प्रेस विज्ञप्तिमार्फत जानकारी गराउँछु ।’
पूर्वआईजीपी तथा एमालेका नेता खनाल ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्ने डरले अमेरिका फरार भएको भनेर समाचार आएपछि सोमबार दिनभरि तरंग उत्पन्न भएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया