धरानमा भएको गौ हत्याको विरोधमा दाङमा प्रदर्शन, बुधबार अर्को शक्तिशाली प्रदर्शन
घोराही । धरानमा गौहत्या गरेर सामूहिक भोज गरेको विरोध र शान्तिका लागि दाङको घोराहीमा गौ संरक्षण अभियानले प्रदेशन गरेको छ ।
सोमबार घोरही बजारमा राष्ट्रिय एकता एवम् गौ संरक्षण अभियानले शान्तिपूर्ण सदभाव र्याली प्रदर्शन गरेको अभियानका अगुवा गणेश बेल्बासेले बताएका छन् ।
उनले भने, ‘गौ हत्याको विरोधमा हामीले शान्तिपूर्ण सदभावना र्याली निकालेका छौँ । सबै धर्मप्रति समान व्यहावर होस् भनेर संविधानको पालना गर्न अनुरोध गर्दै प्रदर्शन गरेका छौँ ।’
धरानसहित मुलुकका विभिन्न स्थानमा भएका गौ हत्याको विरोधमा सोमबार घोराहीमा शान्तिपूर्ण सदभाव र्याली निकालिएको छ । र्यालीमा स्वस्फुर्त रुपमा सयौं हिन्दु धर्मालम्बीहरूको सहभागी रहेको थियो ।
भदौ १३ गते बुधबार अभियानले घोराहीमा बिहान साढे दश बजे पृथ्वीचोकबाट बृहत र्याली गर्ने कार्यक्रम राखिएको बेल्बासेले बताए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया