काठमाडौंमा जुवा खेल्ने घरहरूमा प्रहरीको छापा

काठमाडौं । प्रहरीले काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११ कपन डेरा गरी बस्ने संखुवासभाको मकालु गाउँपालिका–१ घर भएका ५२ वर्षीय पासाङ शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेको विज्ञप्तिमार्फत जनाएको छ ।

प्रहरीले शेर्पासहित ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १३ हजार ५ सय रूपियाँ, १ लाख भारतीय रूपियाँ, १ हजार १ सय अमेरिकी डलर र ३ बुक ताससहित पक्राउ गरेको छ ।

प्रहरीले टोखा नगरपालिका–१ झोर बस्ने नुवाकोट शिवपुरी नगरपालिका–७ घर भएका ५६ वर्षीय एकराज कँडेलको टहरामा कौडा खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका–१ घर भएका ४४ वर्षीय रोशन ठकुरी समेत १३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई १६ थान कौडा र नगद ३ लाख २६ हजार रूपियाँसहित पक्राउ गरेको छ ।

Published : Sunday, 2023 August 27, 11:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया