कांग्रेसले सोमबार पत्रकार सम्मेलन गर्ने, ३ दिन विशेष कार्यक्रम
काठमाडौं । वीपी जयन्तीका विषयमा जानकारी गराउन नेपाली कांग्रेसले सोमबार पत्रकार सम्मेलन गर्ने भएको छ ।
कांग्रेसले जननायक विश्वेश्वरप्रसाद कोइरालाको जन्मदिन भदौ २४ गतेलाई वीपी जन्म जयन्तीका रुपमा मनाउन विषयमा जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको हो ।
‘यो वर्ष जननायक वीपी कोइरालाको ११०औं जन्म जयन्तीलाई नेपाली कांग्रेसले भदौ २४, २५ र २६ गते वीपी साहित्य महोत्सवका रुपमा मनाउने भएको छ’, कांग्रेसले भनेको छ ।
‘सो सम्बन्धमा जानकारी दिनका लागि नेपाली कांग्रेसले भोलि २०८० भदौ ११ गते तपसीलको समय र स्थानमा पत्रकार सम्मेलनको आयोजना गरेको हुँदा उक्त कार्यक्रमको समाचार संकलन, प्रकाशन एवं प्रसारणार्थ उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिन्छ’, पत्रमा उल्लेख छ ।
कांग्रेसले सानेपामा सोमबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेको जनाएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया