चन्द्रयान ३ को सफलतामा देउवाद्वारा भारतलाई शुभकामना प्रदान
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चन्द्रयान–३ चन्द्रमामा अवतरण गर्न सफल भएको अवसरमा भारतलाई बधाई दिएका छन् ।
बुधबार साँझ सभापति देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएका हुन् ।
भारतले चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएलगत्तै सभापति देउवाले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।
भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधबार साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ ।
सभापति देउवाले भनेका छन्, ‘चन्द्रयान–३ को सफल अवतरणका लागि प्रधानमन्त्री मोदी र भारतका जनतालाई बधाई । अन्तरिक्ष क्षेत्रमा भारतले गरेको यो उल्लेखनीय प्रगति हो । हामी इसोराका वैज्ञानिकको उत्कृष्ट कामको प्रशंसा गर्दछौँ ।’
चन्द्रयान– ३ चन्द्रको दक्षिणी ध्रुबमा अवतरण गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी ओली लगायतले पनि भारतलाई बधाई दिएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया