सामान्य प्रशासन मन्त्रालयद्वारा ८० शाखा अधिकृतहरूको सरुवा
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८० जना शाखा अधिकृतहरूको सरुवा गरेको छ ।
उनीहरूलाई मन्त्रालयले गाउँपालिकामा खटाएको छ । कर्मचारी प्रशासन महाशाखाले नयाँ नियुक्त भएका, ६ महिना तालिम सकेका शाखा अधिकृतहरूलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको छ ।
नयाँ शाखा अधिकृत सरुवा गर्दा लोकसेवा आयोगको योग्यता क्रमलाई ६० प्रतिशत र ६ महिना तालिम लिएकोलाई ४० प्रतिशत गरी एकमुष्ट योग्यता क्रम निर्धारण गरिएको छ ।
मन्त्रालयका अनुसार अब प्रमुख प्रशासकीय अधिकृत रिक्त स्थानीय तहमा ४० भन्दा थोरै रहेको छ ।








Published : Tuesday, 2023 August 22, 9:49 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया