चौरासी ईन्स्पेक्टरहरूलाई डीएसपीमा बढुवाका लागि सिफारिस
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ८४ जना सशस्त्र प्रहरी निरीक्षकलाई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ ।
२०६४ सालको सि सं ७ बाट यसअघि ५६ जना डीएसपीमा बढुवा भइसकेका छन् । बाँकी मंगलबार बढुवा सिफारिस भएका हुन् । ईन्स्पेक्टरबाट डीएसपी बढुवामा पहिलो नम्बरमा बाबुराम थापा परेका छन् । दोस्रो नम्बरमा जीवेशकुमार पाण्डे र तेस्रो नम्बरमा प्रधुन्न थापा रहेका छन् ।
२०६६ मंसीर २१ गते भर्ना भएका सि सं ८ सशस्त्र प्रहरी निरीक्षकको टोलीबाट ११ जना समेत डीएसपी बढुवामा सिफारिस भएका छन् ।
डीएसपी भएका दुवैटोलीबाट योग्यता, कार्यक्षमता, तालिम, कार्यसम्पादन मुल्याङ्कनलाई आधार बनाएर गरिएको छ ।
सि सं ३ बाट यसअघि एसपी भएका पनि सोही आधारमा गर्दा धेरैजसो पहिलो लटमा डीएसपी भएका र केही चाही दोश्रो लटमा डीएसपी भएका थिए । सो टोली २०६७, २०६९ र २०७० मा गरी तीन पटक डीएसपी बढुवा भएका थिए ।




बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया