ओखलढुंगामा अनेरास्ववियुमा विवाद, गोपालले पावर देखाए
काठमाडौं । अनेरास्ववियु जिल्ला कमिटी ओखलढुंगाको बैठक विवादमा तानिएको छ ।
अनेरास्ववियु केन्द्रीय सर्कुलर अनुसार माथिल्लो तहमा प्रतिस्पर्धा गर्ने हरुको तल्लो तहको पद स्वत: मुक्त हुने निर्णयानुसार जिल्ला नेतृत्व बिहीन भए पश्चात् नेतृत्वबीच टकराब बढेको छ ।
चिशंखुगढी गाँउपालिका अन्तर्गत महेश्वर मावि भदैरेमा राहत कोटामा शिक्षक पेसामा रहेका रुपक मगर र संजित तामाङबीच नेतृत्व विवाद हुँदा अनेरास्ववियु ओखलढुंगाको विवाद सतहमा आएको विद्यार्थी नेताहरूले बताएका छन् ।
केन्द्रीय स्थायी कमिटी सदस्य गोपाल नेपालको एक्लौटी र मनोमानी ढंगले साउन १७ गतेको बैठकको नाममा कोठे निर्णय गरेको भन्दै अनेरास्ववियु ओखलढुंगाले भदौ २ गते केन्द्रीय सचिव आरती भट्टराईको उपस्थितिमा बैठक बोलाएको छ ।
राहत शिक्षण पेसामा कार्यरत व्यक्तिले विद्यार्थी संगठनको नेतृत्व हत्याउन खोज्दा चिशंखुगढी गाउँपालिका भने मैन बसेको छ ।



बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया