यी १२ जना एसपीहरूको एसएसपीमा बढुवा सिफारिस
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले १२ जना उपरीक्षकहरूलाई वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ ।
बिहीबार बसेको बढुवा समितिले रिक्त रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा १२ जना उपरीक्षकहरूको बढुवा सिफारिस गरेको सूचनामा उल्लेख छ ।
बढुवा सूचीको पहिलो नम्बरमा राजेश उप्रेती छन् । सूचीको अन्तिममा तेजप्रसाद पोखरेलको नाम रहेको छ ।
एसपीबाट एसएसपीमा बढुवा सिफारिसमा पर्नेहरूमा राजेश उप्रेती, गंगाराम श्रेष्ठ, रविनराज कर्णजित, भरत खनियाँ, नेत्रबहादुर कार्की, रमेशकुमार पाण्डे रहेका छन् ।
विकाश घिमिरे, तीर्थराज पौडेल, जहरसिंह बुढा मगर, नरेन्द्र बम, सूर्यबहादुर सेन ओली र तेजप्रसाद पोखरेल पनि एसपीबाट एसएसपीमा बढुवा सिफारिसमा परेका छन् ।
Published : Thursday, 2023 August 17, 9:13 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया